२०८२ जेष्ठ ३, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

बिष्णुप्रसाद पोखरेल

दमक/ पछिल्लो समयमा दमक चोकको एउटा पहिचान बनेको आकाशेपुल स्ताण्तरण हुने भएको छ । फलामबाट बनेको आकाशेपुल अब दमक १० स्थित ईन्द्रेणी तालमा लगिने भएको छ । पुर्व पश्चिम राजमार्ग बिस्तारको क्रममा आकाशेपुल हटन लागेको हो ।

दमक नगर कार्यपालिकाको बैठकले यो निर्णय गरेको हो । ईन्द्रेणी तालको पर्यटकीय बिकासका लागि यहाँको आकाशेपुल त्यहाँ लगेर जोडिने बताईएको छ । दमकको पुरानो पर्यटकीयस्थल ईन्द्रणी ताल ओझेलमा रहेको थियो ।

१७ फुट अग्लो, अढाई मिटर चौडा र २५ मिटर लामो पुल करिब १ करोड १४ लाख लागतमा बनेको थियो । आकाशेपुलको आवश्यकता र औचित्यताको बिषयमा बहस पनि भएको थियो ।

तीव्र सहरीकरणसँगै बढ्दो जनसंख्यालाई ध्यान दिई आकाशेपुल बनाइएको नगरपालिकाले जनाएको थियो । २०७३ सालमा पुस महिनामा आकाशे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । ८ बर्षपछि आकाशेपुल यहाँबाट हट्ने निश्चित बनेको छ ।

आकाशेपुल सार्न लागिएको इन्द्रेणी ताल दमक नगरपालिकाको एक महत्वपूर्ण प्राकृतिक सम्पदा हो, जसको उचित संरक्षण र प्रवर्द्धनले यस क्षेत्रको पर्यटन विकासमा ठुलो योगदान दिन सक्छ। स्थानीय सरकार, समुदाय, र सरोकारवालाहरूको संयुक्त प्रयासले तालको दीर्घकालीन संरक्षण र विकास सम्भव छ।