२०८२ जेष्ठ ३, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

दमक/ नगरपालिकाका कर्मचारी र वडाध्यक्षसहित जनप्रतिनिधिहरु चढेको गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानून अधिकृत माधव बस्नेतको ज्यान गएको छ भने ६ जना घाईते बनेकाछन् । नगरपालिकाको भ्रमणबाट फर्कदै गर्दा उदयपुरमा भएको दुर्घटनामा परेर बस्नेतको ज्यान गएको हो ।

दुर्घटनामा घाईते बनेका दमक वडा नं. १० का वडाध्यक्ष राजेन्द्र भण्डारीको बिराटनगरस्थित न्यूरो अस्पतालको हाइकेयर युनिटमा उपचार भइरहेको छ । बढि रगत बगेका कारण चिकित्सकको टोलीले एम्बुलेन्समा हालेर रगत र अक्सिजन दिदै बिराटनगर ल्याई पुर्याएको अस्पतालमा रहेका दिपेश दहालले जानकारी दिएकाछन् । उदयपुरबाट चिकित्सक सहितको टोलीले समयमा नै न्यूरो अस्पताल ल्याएको हो ।

घाईते दमक ६ का वडा सदस्य कमल श्रेठ, नगरपालिकाका कर्मचारीहरु नविन खतिवडा, ज्ञानेन्द्र गौतम, भुवन दाहालको पनि न्यूरो अस्पतालमा उपचार भइरहेको जनाईएको छ । घाईतेहरु अवस्था खतरामुक्त रहेको बताईएको छ ।