गयराती दमकमा बिभत्स दुर्घटना, अंकितको घटनास्थलमा नै गयो ज्यान
दमक/ झापाको दमकमा गयराती भएको सवारी दुर्घटनामा परेर एक ब्याक्तिको ज्यान गएको छ । दमक १ स्थित फाल्गुनन्द चोक दक्षिण बेलडागी जाने सडकमा भएको दुर्घटनामा परेर ताप्लेजुङ दोभान स्थायी घर भई दमकको एक होटलमा कार्यरत २२ वर्षीय अङ्कित लिम्बुको घटनास्थलमा नै ज्यान गएको हो ।
राती १० बजेको समयमा दमक–१ रवि स्टेन गेट अगाडि पञ्जावी ट्रकको ठक्करबाट लिम्बुको घटनास्थलमै मृत्यु भएको हो । ग १ ख ६४३७ नम्बरको ट्रकले मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । लिम्बु स्कुटरमा रहेका थिए । लिम्बुको टाँउको ट्रकको चक्काले किचेको जनाईएको छ ।
ट्रकको लापरवाहीका कारण दुर्घटना भएको बताईएको छ । आफ्नै साईडमा स्कुटी कुदाइरहेका लिम्बुलाई ट्रकले ठक्कर दिएको थियो । स्कुटर पछाडि रहेकी पाँचथर मिक्लाजुङ–४ की ४२ वर्षीया सृजना राई गम्भीर घाइते भएकीछन् ।

