दमकमा गोली सहितको पेस्तोल सहित एक ब्याक्ति पक्राउ
इलाका प्रहरी कार्यालय दमकले हतियार सहित एक ब्याक्तिलाइ दमक ३ बाट पक्राउ गरेको छ । प्रहरीले घटनाबारे यस्तो जानकारी पठाएको छ-
मिति २०७६।११।२६ गते अं १८:१० बजे जिल्ला झापा दमक न.पा वडा नं ३ मावाखोला स्थितमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ मिक्लाजुङ गा.पा वडा नं ९ मधुमल्ला बस्ने वर्ष ४४ को मेघराज गौतम लाई चेक जाच गर्दा निज को कम्मरको पछाडिको भागबाट कटुवा पेस्तोल नाल १, गोली थान १ र २ वटा खोका सहित तत्कालै निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागी इ.प्र.का. दमकमा राखिएको ।
https://prabhabkarinews.com/wp-content/uploads/2020/03/मेघराज-गौतम.jpg
