चैत महिनाभर सवै विद्यालय तथा शैक्षिक संस्था बन्दको घोषणा , अनआवश्यक हिडडुलमा प्रतिबन्ध
सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि ठोस कदम चाल्न शुरु गरेको छ ।
चैत महिनाभरका लागि सवै विद्यालय, तालिम केन्द्र लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
एसइई लगायतका सबै परिक्षाहरु समेत स्थगन भएकाछन् । यसलाइ सकारत्मक रुपमा हेरिएको छ ।
विश्वब्यापी बनेको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सर्वसाधरणलाई अति आवश्यक काम बाहेक हिडडुल नगर्न पनि सरकारले सचेत गराएको छ ।
सार्वजनिक यातायातका सवारी साधनमा पनि भिडभाड भएर नहिडन् भनिएको छ । सम्भावित महमारीबाट आफ्ना नागरिकलाइ बचाउन गरिएको यो निर्णयलाइ कार्यन्वयन जरुरी छ ।
