२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी सहित सचिवालयमा रहेकाहरुले कोरना रोकथाम कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएकाछन् । आज यो निर्णय लिईएको भण्डारीले जानकारी गराउनु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक स्टाटस मार्फत यस बिषयमा जानकारी गराएकाछन् । उनको फेसबुक स्टाटस-

काेराेना भाइरसकाे संक्रमणविरूद्द नेपाल सरकारले स्थापना गरेकाे विशेष काेषमा सम्माननीय प्रधानमन्त्रीज्यूकाे सचिवालयबाट निम्न बमाेजिम रकम उपलब्ध गराउने निर्णय भएकाे जानकारी गराइन्छ :

एक महिनाकाे पारिश्रमिक बराबर
१) मुख्य सल्लाहकार – विष्णु रिमाल
२) विदेश मामिला सल्लाहकार – डा. राजन भट्टराई
३) प्रेस सल्लाहकार – सूर्य थापा
४) आर्थिक विकास मामिला सल्लाहकार – लालशंकर घिमिरे
५) प्रमुख स्वकीय सचिव- इन्द्र भण्डारी
६) स्वकीय सचिव – राजेश बज्राचार्य

अाधा महिनाकाे पारिश्रमिक बराबर
१) विकास पूर्वाधार विज्ञ – ई. गजेन्द्र थपलिया
२) संचार विज्ञ- रामशरण बजगाईं
३) स्वकीय सहसचिव – हाेमबहादुर थापा