थप ८ जनामा कोरोना पुष्टि भएको भन्ने खबरहरु सार्वजनिक, आधिकारीक धारणा आएको छैन
दमक/बिभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उदयपुरमा ८ जना कोरोना पोजेटिभ भएको ब्याक्तिहरु भेटिएको भन्ने हालेपछि यस बिषयमा जिज्ञासा शुरु भएको छ ।
उदयपुरको मस्जिदबाट पक्राउ गरेर स्वाब परीक्षण गरिएका ब्याक्तिहरुमा कोरोना पोजेटिभ भेटिएको न्यूजअफनेपाल, अन्नपूर्णपोष्ट लगायतका अनलाइनहरुले समाचार हालेकाछन् ।
प्रदेश एकको सामाजिक मन्त्रालय श्रोतलाई उदृत गरिएको छ । यसको आधिकारीक पुष्टि भने कतैबाट भएको छैन ।
स्वास्थ्य मन्त्रालयले नियमित रुपमा यस बिषयमा जानकारी दिदै आएकोमा आज कोहिलाई पनि कोरोना पोजेटिभ भेटिएको बताएको थिएन ।

