२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  दमक नगरपालिकाले दमक ९ चिया बगान आसपास तथा यहाँको उराउ बस्तिका अति विपन्न दूइसयभन्दा बढि घर परिवारलाई राहत स्वरुप चामल सहित दैनिक उपभोग्य सामाग्रिहरु प्रदान गरेको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार अति विपन्न र गरिव परिवार कोहि पनि भोकै नराख्ने नगरपापालिकाको नीति रहेको छ । यसै अनुसार उनिहरुलाई आज राहत दिईएको हो ।

वडा नं. ९ का वडा सदस्य समिन रिजालका अनुसार २ सय १९ परिवारलाई १५ केजीका दरले चामल सहित दैनिक उपभोग्य सामाग्रिहरु प्रदान गरिएको हो ।

वार्डमा कोहि पनि भोकै रहन नदिने जनाउदै यो कार्य निरन्तर रहने उनको भनाई छ ।

चिया बगान तथा आसपासका जनतालाइ राहत

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 17 April 2020