२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि
दमक/ मूल्य सूचि टाँस नगरेका पसलहरु दमक नगर अनुगमन समितिले बन्द गराएपछि यसको सम्बन्धित ब्यवसायीले बिरोध गरेपनि सर्वत्र यसको स्वागत गरिएको छ । 

निरन्तर अनुगमन गर्न पनि माग गरिएको छ । जनप्रतिनिधि देखि लिएर दमकका ठुला ब्यवसायी भन्नेले समेत बढि मूल्य लिएको भन्दै आलोचना हुँदै आएको अवस्थामा बजार अनुगमन भएको थियो । 

किराना तथा खाद्य ब्यवसायी संघले दमक नगरपालिकामा अत्यआवश्यकीय सामाग्रिहरुको मूल्य सूचि पठाएको संघका दमक नगर अध्यक्ष कृष्णराज अधिकारीले बताए । 

उनले केहि ब्यापारीहरुले कालोबजारी गरेको र ठगेको भएपनि सबै ब्यापारीलाई यसमा मुस्न नहुने बताए ।

यस्तो छ प्रस्तावित मूल्य सूचि

यस्तो छ दमकमा दैनिक उपभोग्य सामाग्रिको नयाँ मूल्य

चामल मंसुली रू ६०

चामल आउ मंसुली रू ५०

चामल सोना मंसुली रू ५५

दाल मुसुरी रू १ सय २०

दाल चना रू १ सय २०

दाल रहर रू १ सय ६०

चनारमटर रू १ सय १०

मैदा रू ६०, आटा रू ६०

हरियो मटर रू १ सय ३०

सेतो मटर रू ८५

चिनि रू ८०

नुन रू २०

सुर्यमुखी तेल रू १ सय ७०

तोरीको तेल रू २ सय

लफडा

झापाको दमकमा यस्तो अवस्थामा ठगी नहोस भनेर मुल्य सुची नटास्ने पसल ठाउँको ठाउँ बन्द । यसरी भयो लफडा ।

Posted by Prabhabkarinews Dijital Patrika on Tuesday, 21 April 2020