दमकमा चैत ६ गते दुवईबाट आएका छोरामा देखिएन कोरोना पोजेटिभ तर बाबुमा देखियो
विष्णुप्रसाद पोखरेल
दमक/ झापा दमक ३ मा एकै परिवारका ३ जनामा कोरोना भए नभएको भनेर जाँच गर्ने क्रममा आरडिटी पोजेटिभ आएपछि स्वाब परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएपछि दमकमा उच्च शर्तकता अपनाउन शुरु गरिएको छ ।
बैदेशिक रोजगारबाट फर्केका एक युवा सहित उनको बुबा र आमामा पोजेटिभ देखिएको थियो । स्वाब परीक्षणमा भने बाबुमा मात्र कोरोना पोजेटिभ देखिएको जनाईएको छ ।
यद्यपी दमक अस्पतालमा ३ जना नै हिजो बेलुकादेखि आइसुलेसनमा रहेका थिए । वैदेशिक रोजगारबाट आएका उनले यो बिचमा बिभिन्न ठाँउ गएको र साथीभाईहरुलाई भोज ख्वाएको पनि जनाईएको छ ।
यसले गर्दा उनिसंग र कोरोना पोजेटिभ देखिएकाको सम्पर्कमा आएकाहरुको खोजी तत्काल गर्ने तयारी शुरु भएको बताईन्छ । आज नै जनप्रतिनिधि सहित त्यहाँ गएर बस्तुस्थिति पनि बुझेका थिए ।
वडा न. ३ का वडाध्यक्ष नविन बरालका अनुसार वार्डमा उच्च शतर्कता अपनाईएको छ । झापामा नै कोरोना पोजेटिभ भेटिएको यो पहिलो घटना हो । उनि चैत ६ मा विदेशबाट आएका थिए ।
