२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक ३ मा भेटिएका कोरोना पोजेटिभ विरामीको पहिलो कन्ट्याक्ट ट्रेसिंग मा परेका ब्याक्तिहरुको परीक्षण कार्य भईरहेको छ ।

दिउसो १ बजेसम्ममा आरडिटी मार्फत ३० जनाभन्दा बढिको जाँच भएको छ ।  अहिले पनि जाँच प्रक्रिया जारी रहेको छ ।

आज ७० जनाभन्दा बढिको आरडीटी परीक्षण गर्ने तयारी रहेको बताईन्छ । सोहि अनुसार विहानैदेखि ४ वटा टोली खटिएकाछन् ।

आरडीटीसंगै स्वाब समेत संकलन गरेर जाँचका लागि धरान लैजाने तयारी भएको छ । आरडीटी प्रारम्भिक परीक्षण मात्र भएकाले यो भरपर्दो नभएको बताईन्छ ।

केहि शंकाश्पद विरामीहरु भेटिन सक्ने भएपछि उनिहरुलाई राख्नका लागि दमकस्थित आम्दा अस्पतालमा तयारी भएको बताईन्छ । दमक अस्पतालमा ५ वटा आइसुलेसन वार्ड रहेकोमा ३ जना राखिएको छ ।

स्वाब परीक्षणको रिर्पोटमात्र अन्तिम हुने भएकाले थप शर्तकता अपनाउदै तत्कालै स्वाब परीक्षणका लागि पठाईने पनि जनाईएको छ ।

पोजेटिभ भेटिएका संक्रमितको गाँउ पुर्ण रुपमा सिल गरिएको छ । उनको परिवार दमकस्थित सरकारी दमक अस्पतालको आइसुलेसनमा रहेकाछन् ।