२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ नेपालमा कोरोना संक्रमणबाट मत्यु भएकी सुत्केरी महिलाको शव नेपाली सेना सहित सुरक्षाकर्मीहरुको स्कर्टिङ सहित पशुपति आर्यघाटमा ल्याएर अन्तिम संस्कार गरिएको छ ।

अत्यन्त सावधानी अपनाएर उनको शव आर्यघाट सम्म ल्याईएको हो । परिवार तथा कसैले पनि शव छुन पाएनन् । अन्यमा कोरोना संक्रमण नहोस भनेर यस्तो गरिएको जनाईएको छ ।

सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)ले कसैको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर कार्यविधि बनाएको छ।