टुनामुना गरेर हात्ती नियण्त्रण गर्न खोज्दा गौरीगन्जमा हात्तीको आक्रमणमा एकजनाको ज्यान गयो
दमक/ झापाको गौरीगन्जमा हात्तीको आक्रमणमा परेर एकजनाको ज्यान गएको छ । भारत घर भइ झापा ससुराली आएका ब्याक्तिको हात्तीले कुल्चेर मृत्यु भएको बताईएको छ ।
दूइदिन अघिदेखि झापाको गौरीगन्जमा हात्ती आंतक रहेको थियो । गौरीगञ्ज २ डाकुपाडामा भारतको चुनिमारी ग्राम पँचायत ६ का अन्दाजी ३० वर्षिय साइलो मुर्मुको मृत्यु भउको प्रहरीले जनाएको छ ।
उनि डाकुपाडास्थित ससुराली पाहुना आएका थिए । उनले टुनामुना गरेर हातीलाइ बसमा पार्छु भनेर नजिक गएको र हात्तीले आक्रमण गरेको बताईन्छ ।
