झापा सहित देशभर आज एकैदिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि
दमक । आज एकैदिन १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये झापाका १७ जना रहेकाछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा गरि १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । झापा सहित नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये एक सय ८३ जना निको भएका छन् ।
