राष्ट्रियताको पक्षमा देखिएको एकताले नेपाल र नेपालीको शिर गौरबले उठेकोछ-महेन्द्रकुमारी लिम्बु
दमक/ राष्ट्रियताको पक्षमा देखिएको एकताले नेपाल र नेपालीको शिर गौरबले उठेको प्रतिनिधि सभा सदस्य महेन्द्रकुमारी लिम्बुले बताएकीछन् । संसदबाट लिपुलेक, लिपियाधुरा, कालापानी समेटिएको नक्शा पारित गर्न मतदान गरेपछि सांसद लिम्बुले यस्तो बताएकीहुन् ।
अब कुटनितिक पहल मार्फत सर्वदलीय एकताका साथ सरकार अगाडि बढने आशा र अपेक्षा समेत गरिएकोछ, लिम्बुले भनिन् । नेपाली काँग्रेसकी नेतृ समेत रहेकी लिम्बुले यो ऐतिहासिक दिन भएको पनि उल्लेख गरेकीछन् ।
