झापाको दमकसंग जोडिएको कमल गाँउपालिकामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु
दमक/ कोरोना संक्रमणका कारण दमकसंगै जोडिएको कमल गाँउपालिका वडा नं. ५ की एक महिलाको मृत्यु भएको छ । बिएण्डसि अस्पतालमा उपचारको क्रममा ६५ बर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले पुष्टि गरेको छ ।
झापामा आज १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ८ महिलासहित १८ जनामा संक्रमण पुष्टि भएको हो ।
मेचीनगरमा ४, विर्तामोडमा ५, भद्रपुर १, अर्जुनधारा ३, गौरीगञ्ज १ र झापा गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै झापामा मृत्यू हुनेका संख्या १३१ जना पुगेको छ भने संक्रमितको संख्या ४८८१ पुगेको छ ।
