२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ वैदेशिक रोजगारमा रहेकी दमक २ की शर्मिला धिमालले दमकमा सञ्चालित कोभिड उपचार केन्द्रलाई दूईथान अक्सिजन सिलिण्डर उपलब्ध गराईएकीछन् । वैदेशिक रोजगारको शिलशिलामा कतारमा कार्यरत उनलेआफ्नो मेहनतको कमाइले दुई थान अक्सिजन सिलिन्डर सहयोग गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताईन् ।

यसैगरी होटल ब्यवसायी संघ दमकद्वारा कोभिड हस्पिटल दमकलाई आइसियु कक्ष निर्माणका लागि १ थान एसी हस्तान्तरण गरेको छ । यो महामारीको अवस्थामा आफुहरुले सहयोग गरेको संघका कार्यवाहक अध्यक्ष सुधिर प्रधानले बताए ।