दमक रेडक्रसले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै ! कोरोनालाई हेल्चेक्राई कसैले पनि नसोचौ-प्रकाश बुढाथोकी
दमक/ नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले जटिल अवस्थामा मात्र पिसिआर परिक्षण र अस्पताल जाने कार्य नगर्न सुझाव दिएकाछन् । उ नले दमकमा निशुल्क रुपमा उपचार हुने कोभिड उपचार केन्द्र तथा आईसुलेसन सेन्टर सञ्चालनमा रहेको, नीजि अस्पतालहरुबाट समेत कोरोना संक्रमितको जाँच तथा उपचार भएको भन्दै हेल्चेक्राई नगर्नका लागि अनुरोध गरेकाछन् ।
बुढाथोकीले कोरोना आंशका गरिएका विरामी तथा कोरोना संक्रमितलाई निशुल्क सेवा दिनका लागि रेडक्रसको एम्बुलेन्स पनि २४ घण्टा नै हाइअलर्टमा रहेको जनाएकाछन् । यस्तो अवस्थामा कसैले पनि यो रोगलाई ख्यालख्याल नसम्झन उनको आग्रह छ ।
