आम्दा दमकमा कोभिड आईसियुको सबै बेड प्याक
दमक/आम्दा अस्पतालदमकमा कोरोना संक्रमितका लागि बेड अभाव शुरु भएको छ । अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. नविन ढकालले सामाजिक सञजाल फेसबुकमार्फत यो जानकारी दिएकाहुन् । दमकमा पछिल्लो समयमा कोरोना संक्रमणदर निक्कै बढिरहेको छ ।
डा. ढकालले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकाछन्-आम्दा अस्पताल दमकमा Covid ICU का सबै बेड प्याक भएँकोले बेडको लागि फोन नगरिकन नआऊनु होला । फोन सम्पर्कविना आउँदा बिरामिलाई गारो हुनेछ ।
