२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/गगन थापाले महामन्त्रिमा आफ्नो उम्मेद्वारी घोषणा गरेको एकसाता नबित्दै नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेकाछन् । दुबै जना काँग्रेसमा प्रभावशाली युवा मानिन्छन् ।

विपि कोइरालाको जन्मजयन्तीको अवसर पारेर शर्माले महामन्त्री उठ्ने घोषणा गरेकाहुन् । शर्मा काँग्रेसको प्रवक्ता पनि हुन् । शर्मा देउवा निकट मानिन्छन् । नेपाल बिद्यार्थी संघको केन्द्रीय अध्यक्ष समेत भइसकेका उनलाई देउवाले प्रवक्ताको जिम्मेवारी दिएका थिए ।

काँग्रेस केन्द्रीय समितिमा दुई जना महामन्त्री हुने ब्यवस्था रहेको छ ।