२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नयाँबाटो बहुद्धेशीय सहकारी संस्था दमक ७ ले आफ्नो ७ औ बार्षिक साधरणसभा गर्ने क्रममा आज आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नै कार्यालयमा आज अध्यक्ष टिकाराम खतिवडा सहित पदाधिकारी तथा सञ्चालक सदस्यहरुको उपस्थितिमा प्रतिवेदन सार्वजनिक भएको हो ।

कोभिडको संक्रमण अहिले पनि नघटेकाले आईतवार र सोमबार प्रतिवेदन वितरण सहित साधरणसभा गरिने निर्णय रहेको सहकारी संस्थाका सचिब लोकेश सापकोटोले जनाए । दमकका युवा ब्यवसायीहरु यस सहकारीमा रहेकाछन्  ।

सहकारीले शेयर पुजी बढाएर ९१ लाख १४ हजार ७ सय १३ पुर्याएको छ । सहकारीले उलेश्यसंग मेल खाने सहकारीसंग सहकार्य तथा मर्ज गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।