२०८३ बैशाख ४, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि
दमक/ झापा कनकाई नगरपालिका-९  घैलाडुब्बा सडकमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश २–०३–०१५प ४०७८ नं को मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कन्काई-९ घैलाडुब्बा बस्ने करिब ४० वर्षीय सञ्जय शाह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हस्पिटल पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यसैगरी १९ दिनअघि झापाको बाह्रदशीमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका ट्रयाक्टर चालकको उपचारका क्रममा  मंगलबार  बिहान मृत्यु भएको छ ।

कात्तिक ९ गते मध्यान्ह बाह्रदशी वडा १ बिरिङ खोलानजिक हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ६३४४ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टर चालक बाह्रदशी १ बस्ने २१ वर्षीय राजेन्द्र राजवंशी घाइते हुनुभएको थियो ।

छातीमा चोट लागेर घाइते राजवंशीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज बिहान ७.३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।