२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना कर्मचारीहरुलाई लक्षित गरेर सडक सुरक्षा गोष्ठि दमकमा आयोजना गरेको छ । बिधुत पोलहरुमा तार तथा सडकमा फाइबरको काम गर्दा कसरी सुरक्षा अपनाउने भन्ने बिषयमा आफ्ना कर्मचारीहरुलाई कार्यस्थल अर्थात सडकमा नै जानकारी गराएको हो ।

दुर्घटनाको जोखिम न्यूनिकरणका लागि अपनाउनु पर्ने सावधानी र गर्नु पर्ने कामको बिषयमा आफ्ना बिभिन्न शाखा कार्यालयका कर्मचारीहरुलाई यस प्रकारको सचेतना दिईएको वल्र्डलिंकका कोशी प्रदेश जनसम्पर्क अधिकृत राजन तिम्सिनाले बताए ।

कार्यस्थलमा नै यस प्रकारको कार्यक्रम गर्दा उनिहरुले जोखिमबारे सहज रुपमा बुझ्नेछन् भन्ने हाम्रो अपेक्षा हो, उनले भने । आफ्नो सुरक्षा आफ्नै हातमा हुन्छ भन्ने अनुभुत कर्मचारीहरुलाई गराउने लक्ष्य अनुसार गोष्ठि भएको उनको भनाई थियो ।