२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

फ्रान्स । महिला विश्वकप फुटबलमा स्पेनले साउद अफ्रिकालाई ३–१ ले पराजित गरेको छ । यसैगरी जर्मनी र नर्वेले पनि विजयी सुरुवात गरेका छन् ।
समूह बी अन्तर्गत शनिबार राती सम्पन्न खेलमा पहिलो हाफमा १–० ले पछि परेको स्पेनले साउथ अफ्रिकाविरुद्ध गोल गर्न ७० औं मिनेटसम्म कुर्न परेको थियो । स्पेनको जितमा जेनिफर हर्मोसोले दुई तथा लुसी गार्सियाले एक गोल गरिन ।
यसैगरी चीनविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्ने क्रममा जर्मनीका लागि ६६ औं मिनेटमा गिउलिया ग्वीनले गोल गरिन ।
समूह ए अन्तर्गत गएराति नै भएको खेलमा नर्वेले नाईजेरियालाई ३–० ले पराजित गरेको छ । ३४ मिनेट भित्र २–० को अग्रता बनाएको नर्वेले ३७ औं मिनेटमा उपहार गोल पाएको थियो ।