२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

स्पेन । स्पेनिस क्लब रियल मेड्रिले बेल्जियमका इडन हेजार्ड १० करोड यूरोमा किनेको छ । इङ्लिस क्लब चेल्सीबाट खेल्दै आएका हेजार्डलाई आगामी पाँच बर्षसम्मका लागि रियलले किनेको हो ।
यो रकम क्रिटियानो रोनाल्डोलाई किन्दा लागेको रकम भन्दा करिब ५९ प्रतिशत बढी हो । रोनाल्डोलाई म्यानचेस्टर यूनाइडेडबाट किन्दा रियसले यसको आधा रकम मात्र खर्च गरेको थियो ।
हेजार्डले चेल्सीका लागि ७ सिजन खेलेका छन । जसमा एक प्रीमियम लीग, दुई यूरोपा लिग, एक एफ ए कप र एक लीग कप चेल्सीलाई जिताउन उनको महत्वपूर्ण भूमिका रहेको थियो ।