२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

एजेन्सी । कतारलाई हराउँदै कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आईतबार राति भएको खेलमा उसले कतारलाई २–० गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।
अर्जेन्टिनाको जितमा सर्जियो अग्युरो र लौटारो मार्टिनेज नायक रहे । मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई चौथो मिनेटमा अग्रता दिलाएका थिए । ८२ औ मिनेटमा सर्जियो अग्युरोले गोल थप्दै अर्जेन्टिनाको जित पक्का गरे । मिडफिल्डबाट बल अघि बढाउँदै दुई डिफेन्डरलाई बिट गर्दै उनले गोल गरेका थिए ।
समुह चरणको अर्को खेलमा पाराग्वे पराजित भएसंगै अर्जेन्टिना समुह उपविजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो ।
सुरुवाती दुई खेलबाट मात्र एक अंक जोडेको अर्जेन्टिना कठिन मोडमा थियो । अब उसले क्वाटरफाईनलमा भेनेजुएलासंग प्रतिस्पर्धा गर्नेछ ।