२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

ब्राजिल । जारी कोपा अमेरिका फुटबलको मंगलबार बिहान भएको समूह चरणको अन्तिम खेलमा चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा पुगेको छ ।
उरुग्वेलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा काभानीले निर्णायक गोल गरेका हुन् । जितसंगै समूह ’सी’ को उरुग्वे समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । समग्रमा उरुग्वेले ३ खेलमा ७ अंक जोड्यो ।
साविकको विजेता समेत रहेको चिली भने दोस्रो स्थानमा रहेर क्वाटरफाइनल पुगेको छ । अब उरुग्वेले क्वाटरफाइनलमा पेरुसंग खेल्नेछ । चिलीले भने कोलम्बियाको सामना गर्नेछ ।