२०८१ चैत्र ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

ब्राजिल । पेरुसंग पेनाल्टी सुटआउटमा पराजित हुँदै उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार राति भएको खेलमा पेरुसंग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित हुँदै उरुग्वे प्रतियोगिताबाट बाहिरिएको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । लुईस स्वारेजको पेनाल्टी प्रहार असफल बन्दा उरुग्वे पराजित हुन पुगेको हो । यसअघि ईडिन्सन काभानी र लुईस स्वारेजको गोल ले अफ साईडको मान्यता पाएका थिए ।

पेरुले अब सेमिफाईनलमा चिलीसंग प्रतिस्पर्धा गर्नेछ भने आयोजक ब्राजिलले अर्जेन्टिना भिड्नेछन ।