२०८१ बैशाख १९, बुधबार
  • ४ वर्ष अगाडि

काठमाडौं: इमर्जिङ टिम्स एसिया कपमा नेपालले हङकङलाई २१८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१५ रन बनाउन सफल भयो ।

नेपालको सुरुवात भने निकै खराब रह्यो । कप्तान ज्ञानेन्द्र मल्ल  शुन्यमै आउट भए । कुशल मल्लले  मात्र १ रनमा आउट भए, जति बेला नेपालको स्कोर मात्र ३ रन थियो ।

तर शरद भेषावकरले पारी सम्हाले । उनले तेस्रो विकेटका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरे । दीपेन्द्र ३७ रनमा आउट भए । त्यसपछि आरिफ शेखले अर्को महत्वपूर्ण साझेदारी गरे । उनले ७४ रनको साझेदारी गरे ।

आरिफ ४२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १६० रन पुगेको थियो । पवन शरार्फले खाता नै खोल्न सकेनन् । विनोद भण्डारी १५, करण केसी ७ र सुन भारी ६ रनमा आउट भए ।

अन्तिम बलमा ललितनारायण राजवंशीको विकेट गएपछि नेपाल अलआउट भयो । लगातार क्रिकेटमा टिकिरहेका शरद अन्तिम बल अघि ८९ रनमा आउट भए ।