लकडाउनको बिषयमा नेपाली काँग्रेस दमकले गर्यो यस्तो अपिल
यो विषम परिस्थीतिमा स्थानिय सरकार ले दैनिक जिविकोपार्जन गर्ने मजदुर को परिवार लाई राहत बाँड्ने कुरा सुन्नमा आएको छ,यो कार्य अति सरानिय छ र यसलाई शशक्त,पारदर्शि ढंगले सम्पन्न गर्न,गराउन हामी जोडदार अपिल गर्दछौ
अहिले कोरोना भाइरस (कोभिड_19) बाट सम्पुर्ण विश्व अातंकित छ।यो अवस्थमा हाम्रो देश नेपाल र हामी नेपाली पनि अछुतो रहने कुरा भएन।हाल सम्ममा हाम्रो देशमा ५ जना मात्र संक्रमित देखिनु र संक्रमित को संख्या कछुवा गति मा देखिनु हाम्रा लागि राहत को बिषय वनेको छ।
कोरोना संक्रमण कम संख्यामा देखिदैछ भनेर हामी ढुक्क भै हाल्ने परिस्थिती पनि छैन।किनकी हाम्रो देशमा विदेश तथा छिमेकी मुलुक भारतबाट आउनुहुने हाम्रा धेरै दाजुभाई तथा दिदीवैनी को परिक्षण हुन वाँकी नै छ र यो भाईरस को लक्षण तुरुन्तै नदेखिन पनि सक्ने कुरा स्वास्थ्य विज्ञहरुले वारवार भन्दै आउनु भएको छ।

आदरणीय दमकवासी दाजुभाई तथा दिदीवैनी हरु
हाल देशको स्वास्थ्य संबन्धि विषम परिस्थिती मा हामी सवैजना घरभित्रै वस्न बाध्य छौं र वस्नु पनि पर्छ।यो अवस्थमा दैनिक ज्यालादारी गरेर खाने र दैनिक श्रम नगरि छाक नटर्ने अाम दमक वासी श्रमीक दाजुभाई तथा दिदीवैनी को जिवनयापन प्रति हाम्रो गंभिर ध्यानकर्षण भएको छ। नेपाली कांग्रेस त्यस्ता आम मजदुर को सधैं साथमा छ।
यो विषम परिस्थीति मा स्थानिय सरकार ले दैनिक जिविकोपार्जन गर्ने मजदुर को परिवार लाई राहत बाँड्ने कुरा सुन्नमा आएको छ,यो कार्य अति सरानिय छ र यसलाई शशक्त,पारदर्शि ढंगले सम्पन्न गर्न,गराउन हामी जोडदार अपिल गर्दछौ। साथै यस्ता काम संपन्न गर्न र गराउन दमकका विभिन्न संघ संस्था,नागरिक समाज र राजनैतिक प्रतिपक्षको सहयोग र सहकार्य लिन पनि हामी स्थानिय सरकार समक्ष अनुरोध गर्दछौ।
नेपाली कांग्रेस का नगर समिती,संवन्धित वडा समिति,विभिन्न भातृसंगठन,सम्पुर्ण कार्यकर्ता तथा जिम्वेवार आदरणीय नेतागण हरुमा समेत दमकमा रहेका विपन्न वर्ग,मजदुर,श्रमजिवी हरुको आ-आफ्नो वडाको वसोवासको जानकारी लिई यो कार्यमा लाग्नुहुन विनम्रता पुर्वक आग्रह गर्दछु।
अन्तयमा यो विषम परिस्थिती को सहजता नहुन्जेल कोहिपनि घर बाहिर ननिस्कन,आवश्यक काम मा निस्कदा अनुमति र शुरक्षित निस्कन,सहयोग र सामाजिक काम गर्दा सामाजिक संजाल को प्रयोग गरि गर्नुहुन समेत म सवैमा हार्दिकता पुर्वक अनुरोध गर्दछु।
रोशन बिष्ट
नगर सभापति तथा नगर समिति परिवार।
नेपाली कांग्रेस
दमक,झापा

