२०८१ जेष्ठ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ११ महिना अगाडि

दमक/ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को रोटरी क्लव वर्ष (सन् २०२३ –०२४ ) का एसिस्टेन्ट गर्भनरको जिम्मेवारी दमकका रोटरीयन सन्दिप चापागाई (दिपु )ले पाएकाछन् । झापाको मेचीनगर, काकड्भिट्टा, कन्काईको रोटरी क्लव अफ सुरुङा र रोटरी क्लव अफ बिर्तामोड मिडटाउनलाई हेर्ने जिम्मेवारी उनले पाएकाहुन् ।

रोटरीको यो वर्ष ‘संसार भरि आशाको निर्माण गर्नु’ भन्ने नारालाई सार्थक तुल्याउन आफ्नो ठाँउबाट सकेको काम गर्ने उनले जनाएकाछन् । उनले यसभन्दा अघि रोटरी क्लव अफ दमकको वर्ष (२०१९ –२०) का अध्यक्ष लगायतका विभिन्न जिम्मेवारी सम्हालेका थिए । डिस्ट्रिक ३२९२ अन्तर्गत भुटानका एकसहित देशभरि १५४ वटा रोटरी क्लवहरु रहेकाछन् ।

यसैगरी सामाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ दमकको नयाँ अध्यक्षको जिम्मेवारी पदमराज बरालले सम्हाल्न शुरु गरेकाछन् । जुलाइ १ देखि उनले नेतृत्व सम्हालेकाहुन् । उनको टिममा निर्वाचित अध्यक्षमा विक्रमकुमार साह, प्रस्तावित अध्यक्षमा केशव अग्रवाल,सचिवमा भेनष श्रेष्ठ, सहसचिवमा अम्बिका न्यौपाने , कोषाध्यक्षमा देवेन्द्र बराल र सह–कोषाध्यक्षमा रमा लिम्बू रहेकाछन् ।

यसैगरि,क्लव प्रशासन प्रमुखमा शान्तिराम निरौला, क्लव सदस्य प्रमुखमा गौतम गुप्ता,सेवा आयोजना प्रमुखमा गंगाप्रसाद काफ्ले,सार्वजनिक सम्बन्ध प्रमुखमा भरतकुमार चम्लागाई, द रोटरी फाण्डेशन प्रमुखमा सन्दिप साहेवाला,युवा सेवा प्रमुखमा जस्मिन कारन्जित,सर्जन एण्ड आम्स प्रमुखमा एकता मल्लिक र डा. लेखनाथ न्यौपानेले सल्लाहकारको जिम्मेवारी पाएका छन् ।