२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/  दमकमा एउटा संघर्षले उदाएको युवा ब्यवसायी । झापाको कमल गाँउपालिकाका स्थायी बासिन्दा नेपाल झण्डै डेढ दशकभन्दा अघि देखि निरन्तर रुपमा गृल ब्यवसायमा संलग्न रहदै आएकाछन् । ति युवा हुन् बिमल नेपाल ।  नेपाल गृल उद्योग अहिले दमकमा एउटा राम्रो छाप राखेको छ ।

मिलनसार युवा व्यवसायी नेपाल सामाजिक क्षेत्रमा पनि निक्कै सक्रिय रहेकाछन् । उनको परिचय ब्यवसायिक क्षेत्रमा मात्र नभएर कलाकारिता क्षेत्रमा पनि कम छैन । उनि एक कुशल नृत्यकारको रुपमा चिनिन्छन् । पछिल्लो समयमा उनी पुर्वमा हुने अधिकाँश सास्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगितामा जर्जको रुपमा उपस्थित हुन्छन् ।

दमक उद्योग बाणिज्य संघमा कार्य समिति सदस्य भएर काम गरिसकेका उनि दमक जेसिजमा अध्यक्ष बाहेक सबै भूमिका निर्वाह गरिसकेकाछन् । उनि पछिल्लो समयमा लायन्सकर्मीको रुपमा समेत चिनिन्छन् । ब्यवसायीक, समाजिक र कलाकारिता क्षेत्रमा नै जीवनभर लाग्ने उनको प्रण छ ।