२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य नविनकुमार अग्रवाल, पुर्व सदस्य ज्ञानु पौड्याल, लायन्स अभियानकर्मी बिमल शर्मा लगायतले लकडाउनमा विपन्न परिवारका लागि सहयोग कार्यक्रम घोषणा गरेपछि  झण्डै ५० घरपरिवारका लागि सहयोग जुटेको बताईएको छ ।

अग्रवालका अनुसार युथ अफ दमकले २३ घर परिवारका लागि सहयोग जम्मा गरेको छ । आफुहरुले समेत गरेर गरेर करिब ५० घरपरिवारलाइ सहयोग जुटिसकेको र वार्ड कार्यालयसंग समन्वय गरेर वितरण गरिने उनले जनाए । नगरपालिका तथा वार्ड कार्यालको समन्वय र सिफारीस भएकाहरुलाइ यो उपलब्ध गराईनेछ, उनले भने ।