१२० घर परिवारलाइ रोटरी क्लव अफ दमकले सहयोग गर्ने
दमक/ रोटरी क्लव अफ दमकले १ सय २० घरपरिवारलाइ खाद्यन्न लगायतका अत्यआवश्यकीय खाद्य सामाग्रि उपलब्ध गराउने भएको छ ।
दमक नगरपालिकासंग समन्वय गरेर आफुहरुले उक्त अति आवश्यकीय सामाग्रि अति विपन्नलाई उपलब्ध गराउने रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाँइ दीपुले बताएकाछन् ।
उनका अनुसार अझै सहयोग जुट्ने क्रम जारी रहेको छ । कम्तिमा एक परिवारलाइ १० दिन खान पुग्ने सामाग्रि उपलब्ध गराउछौ, उनले भने ।
यसभन्दा अघि रोटरी क्लव अफ दमकले बिभिन्न सचेतना मूलक कार्यक्रमहरु गरेको थियो ।

