क्रोध नियण्त्रण गरेर आफुभित्रको शान्तिभाव कसरी जगाउने ?
जीवन उपयोगी दर्शन
कल्पना विश्वकर्मा
सायदै कुनै यस्तो व्यक्ति होला जसलाई प्रत्यक्ष या अप्रत्यक्षरुपमा क्रोध न आएको होस् । क्रोध या रिस आउनु एउटा मानिसको स्वाभाविक स्वभावनै भैसकेको छ । मानिस यो सोच–विचार गरेर हिँड्छ की यो त सामान्य र स्वाभाविक हो । तर हामी के देख्छौं र अनुभव ग¥छौं भने जति खेर हामीलाई क्रोध या रिस आउछ –आउनु भन्दा पहिला ,आउदै गर्दा , आउनु पछी,व्यक्ति धेरै दुखी, बिचलित, अस्तब्यस्त र तनावग्रस्त हुन्छ । जुन कुराले यति दुख दिन्छ फेरी पनि व्यक्ति क्रोध गर्छ । सोच्नु पर्ने विषय यो छ की के हरेक व्यक्ति क्रोधबाट मुक्त हुन चाहदैन् ?
क्रोध बाट मुक्त कसरी हुने भन्दा पहिला क्रोध के हो ? रिसाउनु या क्रोध गर्नु स्वाभविक हो वा एउटा विकल्प हो ? यो जान्नु जरुरी छ । क्रोध वास्तवमै हुन्छ की हुदैन ? यदि हामीले कुनै पनि व्यक्तिलाई प्रश्न सोध्यौं भने के तिमीलाई क्रोध या रिसाउन मन पर्छ ? पक्कै पनि भित्रि रुपमा मन पर्दैन भन्छ । जसरी गर्मीको अभावलाई चिसो भनिन्छ , प्रकाशको अभावलाई अँध्यारो भनिन्छ त्यसै गरी शान्तिको अभावलाई क्रोध भनिन्छ । राम्रो संग सोच्ने हो भने सकारात्मक कुराहरुको मात्र अस्तित्व हुन्छ भने नकारात्मक कुराको अस्तित्व हुदैन । रिस या क्रोध एउटा अवस्था, परिस्थितिवा व्यक्तिहरु प्रति गर्ने नकारात्मक भावनात्मक प्रतिक्रिय हो । जसले हाम्रो स्पष्टरुपमा सोच्ने क्षमता , मनोशान्तिलाई बाधा पु¥याउँछ । र साथै स्वंय र अरुलाई समेत हानिकारक परिणाम दिन्छ । हरेक व्यक्तिलाई क्रोध आउछ तर वर्तमान समयमा हामी देख्छौंकी हामीलाई सानो –सानो कुराहरुमा पनि अधिकमात्रामा क्रोध आईरहेको हुन्छ । शान्तिको अभावकै कारण क्रोध आउछ ।
क्रोध रबर जस्तै हो जसलाई जति तान्यो त्यति तन्कीन्छ र अति भए पछि चुडिन्छ, आस्तिवहिन हुन्छ । क्रोध वनमा लागेको डढेलो जस्तै हो जसले स्वयको तन,मन र वचन जालउछ । पीडा दिन्छ । गौतम बुद्धले भने जस्तै क्रोध त्यो बल्दै गरेको कोइला हो जुन व्यक्तिले आफ्नो हातमा लिएर अरुमाथि हान्ने कोशिस गर्छ । वास्तवमा त्यो बल्दै गरेको कोइलाले सबै भन्दा पहिला हाम्रो आफ्नै हातलाई जलाउछ र हामी अरुलाई जलाउने कोशिस गर्छौ । अर्थात् पहिला आफु दुखी हुन्छौं अनि अरुलाई पनि दुखी पार्न पुग्छौं ।
जब हामीलाई रिस या क्रोध आउछ त्यो अवस्था भनेको हाम्रो विचारहरुमा सोट सर्किट भएको हो । जसरी घरमा सोट–सर्किट हुदाँ अन्धकार हुन्छ त्यसै गरि जब हामी रिसमा आउछौं तब हामीमा समझको अन्धकार हुन्छ आर्थत् अज्ञानताको अन्धकार । त्यति बेला हामी सहि रुपमा सोच्न र बुझन सक्दैनौं । रिसलाई हामीले फरक–फरक ढंगले व्यक्त गरिरहेका हुन्छौं । यति सुक्ष्म हुन्छ की हामीलाई महसुस पनि हुदैन की हामी रिसाइ रहेका छौं । जस्तै कहिले कसै प्रति मनमा तनावग्रस्त कुरा चलिरहेको हुनु , कहिले झर्को–फर्को गर्नु, कहिले अलिक ठूलो स्वरमा बोल्नु , कहिले कसैको इन्सल्ट गर्नु , कहिले त हामी केहि बोल्दिनौं तर आँखाद्वारा कसैलाई हेर्ने तरिकाले पनि हाम्रो रिसालाई व्यक्त गरिरहेका हुन्छौं । हामीले केहि भनेका त हुन्नौं तर आँखाबाट सबै व्यक्त भै रहेको हुन्छ ।
अग्रेजीमा भनाई छ ऐङ्गर इज पावरफुल तर आफैं आफु संग सोध्यौ जब हामी रिसाउछौं यति बेला के हामी आफुलाई शक्तिशाली महसुस ग¥छौं ? वास्तवमा जब हामी हामैं्र शब्दहरुमा, व्यवहार गर्ने, बोल्ने, सोच्ने कुरामा हाम्रो नियन्त्रण गुमाउछौं अनि हात–पात पनि हुन पुग्छ जसले दुखद र ठूलो दुर्घटनालाई निमत्याउछ । अनि पछी पुनःआफनो शब्द, व्यवहारमा अफसोच गर्नु पर्छ । माफी मग्ने अवस्था हुन्छ भने फेरी कसरी हामी रिसाएर शक्तिशाली हुन्छौं त ? जब मेरो बोल, व्यवहार, शब्दमा नियन्त्रणा शाक्तिको कमी छ भने हामी कसरी शाक्तिशालि भइम ? विज्ञान अनुसार जहिले पनि व्यक्तिलाई क्रोध आउछ त्यति खेर व्यक्ति कमजोर महसुस गर्छ ,जहिले–जहिले व्यक्ति क्रोधित हुन्छ तब उसको शरिर भित्र यस्तो किसिमको टोक्सीक विषैलातत्व सिर्जना हुन्छ जसले दिनप्रतिदिन अनेको तरीकले शारीरिक, मानसिक विमारीहरु उत्पन्न हुन्छन् । क्रोधले विविध तरिकाले हामीलाई हानी पुराइ रहेको हन्छ । यसले हाम्रो शरीरिक, मानसिक ,सांस्कृतिक, सामाजिक, स्वास्थ्य अथवा परिवारीक जीवनमा मात्र होइन की हाम्रो पुरै वर्तमान र भाविष्यलाई पनि उतिकै हानि पु¥याउछ ।
म रिसाउँछु , मैले रिस कस्लाई गर्ने या नगर्ने भन्ने रोजाई हुन्छ । तर हामी भन्छौं यो त भैहाल्छ नी , रिस उठ्नु स्वाभिक हो । स्वत भैहाल्ने भन्ने कुरामा फेरि त्यहाँ त हाम्रो कन्ट्रोलिङ पावर नै भएन । भने पछी हामी रिसाएर कसरी पावरफुल भयौ त ?सोच्नुहोस् त जब हामी रिसाउछौं कुनै यस्तो व्यक्तिहरु हुन्छन् जससंग हामी अगाडी नै सजीलो तरिकले र छिन भरमा रिसाउछौं भने कुनै व्यक्तिहरु संग हामीलाई रिस त उठ्छ तर हामी हाम्रो रिसलाई व्यक्तगर्न सक्दैनौं । यस्ता व्यक्तिको अगाडी हाम्रो दिमागले हामीलाई रिसाउने अनुमति दिदैन । किनभने यस्ता व्यक्तिहरु सामाजिक, आर्थिक ,प्रशासनीक या अरु कुनै न कुनै कुराबाट हामी संग जोडिएका हुन्छन् । को संग रिसाउने र नरिसाउने भन्ने आफ्नो भित्र विकल्पको रुपमा हुन्छ । जसको मतलब हो हामी त्यो अवस्थामा पुगेको छैनौं की यो त भैहाल्छ नी रिस उठ्नु स्वाभिक हो । सचेत अवस्तामानै विकल्प रोज्छौं की को संग रिसाउने र को संग नरिसाउने, कति र कति समय सम रिसाउने हो भनेर । अझै पनि हामी संग छनौट गर्ने शाक्ति रहेछ जसको अर्थात हो हामी संग रिसाउनु बाहेकको अर्को विकल्प छ । जब हामी क्रोधित बन्छौं हाम्रो भित्रीशक्ति र शान्ति दुबै नष्ट हुन्छ ।
गौतमबुद्धले एक चोटी आफ्ना शिष्याहरु र अन्य व्यक्तिलाई प्रवचन दिदै हुनुहुन्थ्यो । त्यसै प्रवचन सभामा एक जना क्रोधित व्यक्तिले गौतम बौद्धलाई अपमान गर्न थाले सबै प्रकारका असभ्य शब्दहरु भन्दै दुर्व्यवहार गर्न थाले । यो सबै कुरा देखेर अन्य सभामा उपस्थित गौतम बौद्धका शिष्यहरुले आफ्नो ज्ञानी पुरुषलाई तथानाम भन्यो भन्दै रिसाउदै उठे र उक्त व्यक्तिलाई सजाय दिनु पर्छ भन्ने माग गर्न थाले । तर गौतमबुद्ध यी अपमानहरु बाट दुखी र क्रोधित थिएनन् । बुद्ध शान्त स्थितिमा स्थिर थिए र मुस्कुराई रहेका थिए । बुद्वाद्वारा केहि प्रतिक्रिया नहुदा केहि बेर पछि त्यो व्यक्तिको मनमा विभिन्न प्रश्न उठन थाल्छ र फेरी झन क्र्रोधित हुदै बुद्धको अगाडी जान्छ । बुद्धले उसलाई पे्रमपुर्वक समीप बोलाउनु हुन्छ र प्रश्न सोध्नु हुन्छ – यदि तिमिले कसैको लागि उपहार किनेउ र त्यो उपहार त्यस व्यक्तिलाई दिदा त्यो व्यक्तिले उपहार लिएनभने तिमि त्यो उपहारको के गर्छौ ?
त्यो क्रोधित व्यक्ति बुद्धको अचम्मको प्रश्न सुनेर आश्चर्य चाकित हुन्छ र जवाफ दिन्छ त्यो उपहार आफुसंग नै राख्छु । त्यो व्यक्तिको जवाफ सुनेर बुद्ध मुस्कुराउदै भन्नुहुन्छ सहि हो ,ठीक जसरी तिमिले मलाई रिसाएर असभ्य व्यवहार ग¥यौं तर मैले तिम्रो व्यवहारको कुनै जवाफ दिइन किनभने मैले तिम्रो क्रोध र क्रोधित शब्द व्यवहारहरुलाई मैले स्विकार नै गरीन । यो भनेपछी यी क्रोध र क्रोधित शब्द एवं व्यवहारहरु फेरि को संग फिर्ता गयो ? यति सुन्ने बित्तिकै त्यो क्रोधित व्यक्तिलाई आफुले गरेको क्रोध र दुर्व्यवहार प्रति अफसोच भयो र माफीमाग्दै बुद्धलाई नमन ग¥यो ।
मेरो विचारमा यो कथाको सार के हो भने हामी भित्र यति धेरै शालिनताको शक्ति छ की, त्यो शक्तिलाई अनुभव गर्नु र व्यवहारिकतामा ल्याउने हो भने हाम्रो कोध्र यति महगों हुन्छ की कसैले पनि त्यसलाई किन्न सक्दैन अर्थात हामीलाई शान्तिको अनुभव हुन्छ त्यतिमात्र नभएर हाम्रो अगाडी भएको व्यक्ति समेतलाई शान्तिको अनुभव गराउन सकिन्छ । हामी भित्र क्रोधको अंश मात्र पनि रहदैन । क्रोधलाई कुनै पनि रुपमा सहि भन्न सकिदैन ,रिसलाई पनि हामी माथी आरिस लाग्छ रे । काँडा त काडा नै हुन्छ जहाँ कहि भए पनि घोच्छ र कष्ट नै प्रदान गर्छ, स्वयंलाई होस या अरुलाई होस । त्यसैले क्रोध एउटा नकारात्मक भावनात्मक प्रतिक्रिया मात्रहो , समाधान होइन । यदि म मेरो जीवनमा परिवर्तन ल्याउन चाहान्छु भने म स्वयले त्यो परिवर्तन ल्यायउनु पर्छ । हाम्रो बानी के भएको छ भने हामी हरेक पल्ट विशेष एउटै ढाँचामा प्रतिक्रिया गर्छौ र त्यो दिन प्रतिदिन हाम्रो रिस गर्ने व्यवहार बलियो हुदै जान्छ । यो धेरै स्पष्ट छ की हामीसंग शान्त र अहिंसाक भएर निर्णय लिने विकल्प छ । जसले हामीलाई सजिलो र धेरै राम्रो परिणाम दिन्छ । हामीले आफुलाई हरेकपल्ट परिस्थितिहरुमा झुटा प्रतिक्रिया वा रिसाउने अनुमति दियौभने त्यो रिस झन् गहिरो हुदै जान्छ र त्यसबाट हामी बाहिरिनु असम्भव हुन प्ुग्छ । त्यही भएर क्रोधलाई आफ्नो जीवनबाट मेटाउने हामी सबैले संकल्प लिनुपर्छ ।
दर्पण (ऐना) ले कुनै पनि छविको हुबहु प्रतिविम्ब दिन्छ । रिस पनि यस्तै हो । अर्थात् हामीले अरुलाई रिस गरेको भन्दानी आफुले मनको अशान्त स्थितिलाई दर्शाएको हो भन्ने बुझ्न सकिन्छ । त्यसै गरी भाँडामा उम्लीरहेको पानीमा अनुहार हेर्ने प्रयास गरीयो भने अनुहार जल्छ तर अनुहार देखिदैन । यसको तात्पर्य के हो भने एउटा रिसाएको व्यक्तिले न आफ्नो फाइदा देख्छ न अरुको फाइदा भएको सहन्छ । आफु पनि जल्छ र अरुलाई पनि जलाउने कोसिस गर्छ ।
कुनै ठहरीएको तालमा हे¥यौं भने सुन्दर नीलो आकाश देख्छौं अर्थात् छवि प्रस्ष्ट देख्न सक्छौं । त्यसै गरी एउटा शान्त व्यक्तिले जस्तै जटिल परिस्थितिलाई पनि सहजै रुपमा त्यसको समाधान गर्न सक्छ र उसको आफ्नो लक्ष्य एवं उदेश्य स्पष्ट रुपमा देख्न सक्छ । क्रोधको सट्टा त्यो बेला शान्त भएर परिस्थितिलाई सम्हाल्न सकियो भने े हरेक परिस्थितिमा सफल बन्न सकिन्छ । हामी भित्रको शन्तिको शक्तिलाई उजागर गर्र्र्दै आफ्m्नो सोचको संकल्पलाई शुद्ध र ज्ञान स्वरुप बनाएर क्रोधरुपी कमजोरीहरुलाई सामप्त गर्न सकिन्छ ।

