प्रेम गीत ३ दमकमा भब्य प्रर्दशन शूरु
दमक/पटक पटक तोकिएको प्रदर्शन मितिबाट पछि सर्न बाध्य भएको बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ प्रर्दशन शुरु भएको छ । झापाको दमकस्थित दमक महलमा रहेको डिम्याक्समा फिल्म हलमा फिल्म हेर्नेको घुँइचो लागेको छ ।
दमक महल तथा डिम्याक्सका सञ्चालक रेवत बस्नेतका अनुसार पहिलो दिन अपार भिडका साथ फिल्म चलेको छ । केहि दिनका लागि टिकट पाउन मुश्किल छ, उनले भने ।
लकडाउन र आर्थिक मन्दिका कारण केहि समय फिल्म क्षेत्रमा पनि असर परेपनि यो फिल्मले राम्रो ब्यापार गर्ने सोचाई हल सञ्चालक तथा फिल्मसंग सम्बन्धित पक्षहरुको अपेक्षा रहेको पाईएको छ ।

फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा छन्। यी बाहेक फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ।
प्रेम गीत ३ आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा छेतन गुरुङ र सन्तोष सेनद्वारा निर्देशित नेपाली भारतीय चलचित्र हो। यो नेपाली र हिन्दी दुवै भाषामा एकैसाथ प्रदर्शन गरिने पहिलो नेपाली भारतीय चलचित्र हो। यो चलचित्र विश्वका ८० देखि ९० राष्ट्रहरू तथा भारतका ५०० देखि १,००० सिनेमा घरमा प्रदर्शन गरिने अपेक्षा राखिएको छ।
यस चलचित्रको अधिकांश छायाँकन माथिल्लो मनाङमा भएको छ । यो चलचित्र दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित ऐतिहासिक एक्सन चलचित्र हो।



