नगर क्षेत्रमा विविध गतिविधि व्यवस्थापन तथा नियन्त्रण सम्बन्धी दमक नगरपालिकाको निर्णय
१. दमक नगर भित्रका बिभिन्न चोक गल्लीहरुमा बाह्रमासे हिसावले क्यारेम्वोर्ड, लुडो लगायतका खेलहरु सार्वजनिक रुपले खेली अप्रत्यक्ष रुपको अनीयमित आर्थिक चलखेल गर्ने गरेको पाईएको र सो कार्यबाट स्थानीय समाज, छरछिमेक र बाल बालिकाहरुमा समेत नकारात्मक असर पुग्न गएको बुझिएकोले सार्वजनिक रुपले सूसूचित गरी त्यस्ता गतिबिधिहरुलाई पूर्ण रुपले नियन्त्रण गर्ने ।
२. दमक नगर भित्रका बिभिन्न स्थानहरुमा अनावश्यक एवं अव्यवस्थित रुपले सडक मानवहरुको गतिबिधि बढेको र त्यस्ता मानवहरुबाट चोरी, दुव्र्यसन, फोहोर मैला, होहल्ला र सामाजिक बिकृति समेत बढ्न गएकोले यस्ता सडक मानवहरुलाई नियन्त्रण गरी व्यवस्थापन गर्ने ।
३. दमक वजार सौन्दर्यीकरणका लागि दमक नगरपालिकाव्दारा पार्किङ्ग व्यवस्थापन सम्बन्धि निर्दिष्ठ गरिएको १ गते देखि १५ गते सम्म बजार सडकको पूर्वी तर्पm र १६ देखि मसान्त सम्म पश्चिम तर्पmका स्थानहरुमा एकतर्फि पार्किङ्गको व्यवस्थापनलाई प्रभावकारी रुपले नीयमन गर्ने ।
४. फुटपाथहरुमा कुनै प्रकारका सामाग्रीहरु राख्न नदिई पैदल यात्रीहरुलाई हिडडुल गर्न व्यवस्थित वनाउने, बजार सौन्दर्यीकरणमा सबैको समान सहभागिता र दायित्वको विकास गर्ने, बजारको सौन्दर्यलाई नकारात्मक प्रभाव पार्ने गरीे घाम छेक्न प्रयोग गरिने कपडा, प्लाष्टिक, टिनको छज्जी लगायतका सामाग्रीको प्रयोग नगर्ने, फुटपाथको सिमा बाहिर पर्ने गरी प्रयोग नगर्ने । यदि उल्लेखित कुराहरु अटेर गरी नीयम उल्लंघन गरेमा नीयमानुसार कडा कारवाही गर्ने ।
५. खुल्ला चौपायहरुको कडाईका साथ नियन्त्रण गरी चौपाय छाडा छोड्ने व्यक्तिहरुलाई कारवाही गर्ने । दमक नगर अन्तर्गका गाँउ एवं शहरी क्षेत्रहरुमा व्यवसायिक रुपमा पालिने सुंगुर, वंगुर, कुखुरा, गाइर्, भैंसी लगायतका चौपायहरुको अव्यवस्थित पालनका कारण समाजमा दुर्गन्ध फैलिई बिभिन्न हैजा, रोगहरु समेत फैलन गएकाले त्यस्ता चौपायहरु पालन गर्ने व्यक्तिहरुलाई व्यवस्थित रुपले पालन पोषण गर्न सूचित गर्ने र अटेर गरेमा कानूनी कारवाही गर्ने । साथै घरपालुवा कुकुरहरुबाट सडक, पेटीहरुमा दिशा पिसाव गराउने कार्यमा पूर्ण प्रतिवन्ध गरिएको हुंदा त्यसो गरे गराएको पाईएमा सम्बन्धित व्यक्तिलाई कारवाही गर्ने ।
६. दमक नगरपालिका भित्र जडान भैरहेका सिसि टिभि क्यामराहरुको सुरक्षा र संरक्षणको जिम्मेवारी स्थानीय नागरिकको दायित्व एवं कर्तव्य हुन आँउछ । सवारी दुर्घटना न्यूनिकरण गर्न हाईवे र दमक बजार क्षेत्रभित्रका व्यस्त सडकहरुमा असुरक्षित बाटो काट्ने परंपरा बढेकोले स्थान पहिचान गरी अति संवेदनशील स्थानहरुमा जेब्रा क्रसिङ्ग चिन्हको व्यवस्था गर्ने ।
७. दमक नगर भित्रका सार्वजनिक स्थानहरुमा खुल्ला रुपमा धुम्रपान एवं मद्यपान माथि पूर्ण रोक लगाउने । सो सम्बन्धि नगर क्षेत्रका सबै स्थानहरुमा सूचना प्रवाह गर्ने र त्यस प्रकारको सार्वजनिक स्थलमा धुम्रपान, मद्यपान, सुर्तिजन्य पदार्थ खैनी, गुट्का प्रयोग गरेको पाईएमा कानून बमोजिम कडा कारवाही गर्ने ।
८. दमक नगरपालिकाको बजार क्षेत्र भित्र माल वाहक सवारी साधनहरुले विहान ०९ः०० वजे सम्म र वेलुका १७ः०० वजे पछि मात्र बजार क्षेत्र भित्र माल सामान ढुवानी गर्ने व्यवस्था गर्ने । माल वाहक सवारी साधनहरु बजार क्षेत्र प्रवेश गर्न अनिवार्य रिङ्ग रोडबाट आवत जावत गर्ने । ढुंगा, गिट्टी, वालुवा ढुवानी गर्ने सवारी साधनहरुले अनिवार्य रुपमा सामाग्री छोपेर मात्र ढुवानी गर्नु पर्ने छ । तोकिएको नीति र समय वाहेक अटेर गरी ढुवानी गरेको पाईएमा कडा कारवाही गर्ने ।
९. सवारी दुर्घटना एवं जोखिम न्यूनिकरण सम्बन्धमा विना हेलमेट एवं ३ जना सवार भई मोटर साईकल चलाउन तथा ध्वनी प्रदुषण हुने गरी साईलेन्सर जाली निकाली वा अन्य कारणबाट ठुलो आवाज निस्कने मोटरसाईकलहरुलाई पूर्ण प्रतिवन्ध लगाउने र अटेर गरी ध्वनीका कारण समाजमा नकारात्मक असर पर्ने गरी सन्चालन गर्ने व्यक्तिलाई नियन्त्रण गरी कडा कारवाही गर्ने ।
१०. दमक नगरपालिकामा सन्चालन भएका सिटी सफारीहरु दमक नगरपालिकाको निर्णय अनुसार हरियो, पहेंलो र रातो स्टिकर आप्mना साधनहरुमा अनिवार्य टाँस गर्ने तथा नीयमानुसार दर्ता तथा नविकरण गरी सन्चालन गर्ने । नीयम पालना नगरी सन्चालन गरेको पाईएमा कडाईका साथ कारवाही गर्ने ।
११. लागु पदार्थ ओसार पसार तथा दुव्र्यसनको पूर्ण रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न कार्यक्रमहरु सन्चालन गरी दुव्र्यसन मुक्त दमक निर्माण गर्ने प्रयत्न गरिएको छ । समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, असल नागरिक निर्माण गरी सभ्य समाजको निर्माणमा सबै नगरवासीको समान भूमिका र दायित्वको अपेक्षा गरिएको छ ।
१२. दमक नगर भित्रका सडक, पेटी तथा सार्वजनिक स्थानहरुमा जथाभावी फोहोर मैला नगर्ने, घर घनीले फोहोर श्रोतको वर्गिकरण गरीफोहोरको वर्गिकरण गरी सोही अनुसार फोहोर बोक्ने गाडि आएपछि मात्र फोहोर व्यवस्थापन गर्ने । साथै फोहोर मैला प्mयाँक्न सहज हुने गरी कसैले पनि खाली जग्गा नराख्ने तथा आ–आप्mनो खाली जग्गाको सही सदुपयोग गर्ने ।
१३. आ- आफ्नो घरका सेफ्टी ट्याँकीहरु सफा गर्दा वरिपरिको बाताबरणमा दुर्गन्ध नहुने गरी व्यवस्था गर्ने एवं सेप्mटी ट्यांँकी वाहकले जथाभावी फोहोर प्mयाँक्न प्रतिवन्ध लगाईएको हुंदा सो कार्य कडाईका साथ लागु गर्ने गराउने र त्यस प्रकारको गलत कार्य भए गरेको पाईएमा नीयमानुसार कडा कारवाही गर्ने ।
१४. दमक नगर भित्रका मन्दिर, बिद्यालय एवं स्वास्थ्य केन्द्रहरुको १०० मिटरको दुरी भित्र कुनै प्रकारको मद्यपान, धुम्रपान, खैनी, गुट्का लगायत सुर्तीजन्य सामानहरु वेच विखन तथा सेवन गर्न पाईने छैन । सो नीयम उल्लंघन गरेको पाईएमा कडा कारवाही गर्ने ।
१५. दमक नगर एरिया भित्र माछा, मासु वेच विखन गर्ने व्यवसायिले माछा, मासुको शुध्दतालाई ख्याल गर्दै वाह्य बाताबरणको फोहोर मैला नहुने गरी व्यवस्थित गर्ने तथा उल्लेखित कार्यबाट निस्कने हड्डी लगायतको फोहो बस्तुहरु निश्चित स्थानमा स्वयं व्यवस्थापन गरी पूर्ण रुपले फोहोर मैला नियन्त्रण गर्ने ।
१६. दमक नगर भित्र ४० माईक्रोन भन्दा मुनीका प्लाष्टिकका झोलाहरुको प्रयोगमा रोक लगाउने ।
१७:दमक वसपार्कलाई सर्वसाधारणको सुरक्षित गन्तव्य स्थलका रुपमा रुपान्तरण गर्न वसपार्क भित्र हुने सबै किसिमका अवान्छित गतिबिधिहरुको नीयन्त्रणका लागि ईलाका प्रहरी, नगर प्रहरी, ट्राफिक प्रहरी र वसपार्क व्यवस्थापन समितिको संयुक्त पहलमा सो क्षेत्रको नीयमन, नियन्त्रण, निगरानी गरी त्यस्ता कृयाकलापहरुलाई पूर्ण निरुत्साहित गर्ने । साथै वसपार्क र सो एरियाको हाई वे बाट पूर्व तर्फ जाने सवारी साधनहरु रतुवा पुल सम्मको विचको कुनै पनि सडक एरियामा रोक्न निषेध गर्ने र सोको व्यवस्थापनका लागि रोक्न निषेध वोर्डको व्यवस्था गर्ने । त्यसैगरी वसपार्कबाट पश्चिम तर्फ जाने गाडिहरु वसपार्कबाट निस्किएपछि सिधै पश्चिम वसपार्कमा मात्र रोक्न पाँउनेछन । साथै पूर्वबाट पश्चिमतर्पm जाने वसहरु वसपार्क प्रवेश नगरी सिधै जाने भएमा राजमार्ग एरियामा नरोकी सिधै पश्चिम वसपार्कमा मात्र रोक्ने व्यवस्था गर्ने ।
१८. नयाँ सव्जी वजार भित्र एवं वाहिर रहेका सडक पेटीहरुमा अव्यवस्थित रुपले बिक्री बितरणका लागि शव्जी राख्ने गरेको पाईएकोले त्यस्ता अव्यवस्थित सब्जी पसलहरुलाई शव्जी व्यवस्थापन समितिसंग सहकार्य गरी हटाउने । सव्जी पसल गर्ने व्यक्तिले आफ्नो पसल एरियाको सिमाना भन्दा वाहिर पर्ने गरी कुनै प्रकारका सामाग्रीहरु नराख्ने ।
१९. सिटी सफारीहरुको भाडा दर, रेट सार्वजनिक स्थलमा प्रकाशित गर्ने र प्रत्येक सिटी सफारीहरुमा टाँस गरेर सन्चालन गर्ने । साथै क्षमताभन्दा बढी सामान तथा यात्रीहरु ओसार पसार गर्न नपाउने र गरेको पाईएमा कडा कारवाही गर्ने ।
२०. आगामी दमक नगरसभाबाट मजदुर भलाई कोष स्थापनाका लागि नीति निर्माण गरी निर्णय गर्न अनुरोध गर्ने ।
२१. ट्याक्सी स्टेण्डका लागि यस अघि नै दमक नगरपालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन अगाडि बढाएकोमा कतिपय सवारी धनीहरुले अटेर गरी पुरानै स्थानमा राख्ने गरेको पाईएको हुंदा नगरपालिकाको नीति अनुरुप तोकिएको स्थानमा टेक्सीहरु स्टेण्ड गर्ने व्यवस्था मिलाउने । हाल दमक चोक पूर्व दक्षिण तर्पmको खाली भागमा अटेर गरी राख्ने गरिएका टेक्सीहरुलाई अनिवार्य तोकिएको दमक–७ स्थित वडा कार्यालयको पश्चिममा रहेको पार्किङ्ग एरिया प्रयोग गर्ने र निषेध गरिएको क्षेत्रमा स्टेण्ड गरेको पाईएमा ईलाका प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र अनुगमनकर्ताबाट कारवाहीको दायरामा ल्याउने ।
२२. यातायात सेवा केन्द्रको शाखा कार्यालय दमक नगरपालिका वडा नं. ७ स्थित वडा कार्यालय दक्षिणको भवन उपलव्ध गराई कार्य सन्चालन गर्ने गरी दमक नगरमा स्थापना गर्न कोशी प्रदेश सरकारसंग पत्राचार गरी अनुरोध गर्ने ।
दमक नगरलाई शान्त, सभ्य र व्यवस्थित गर्दै लाने क्रममा यही आषाढ ४ गते नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा, उपमेयर रेगिना प्रसाई भट्टराई, सम्बन्धित वडाको अध्यक्षहरु, स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ लगायत सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा निम्न अनुसारका निर्णयहरु भएका छन् । सो निर्णयलाई कार्यान्वयन गर्न गराउन सम्बन्धित व्यक्ति तथा कार्यालयलहरुलाई पनि जानकारी गराइएका छन् ।

