दमकमा हात्ती आंतक ! हात्तीको आक्रमणमा परेर दिदि बहिनी गम्भिर घाईते

दमक/ झापाको दमक हात्तीको आक्रमणमा परेर दिदि बहिनी घाईते बनेकाछन् । दमक १ बरगाछी नजिकै जंगली हात्तीले आक्रमण गर्दा एकै घरका दुई दिदीबहिनी घाईते भएका छन् ।
आज बिहान करिब सवा ४ बजे मर्निङ्ग वाकमा रहेका सुनिता र कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
घाइते दुवै जनाको दमक अस्पतालमा प्रारम्भिक स्वास्थ्य जाँच गरी थप उपचारका लागि विराट नगर तर्फ पठाइएको वडा नंं १ का वडाध्यक्ष हरीप्रसाद न्यौपानेले जानकारी दिएकाछन् ।