२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीेले हस्तक्षेप गरेको छ । आइतबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा हानेर हस्तक्षेप गरेको हो ।

राष्ट्रियसभामा दर्ता भएको विधेयकले हजारौं वर्षदेखि चल्दै आएको गुठी परम्परा र गुठीको जग्गा व्यक्तिका नाममा गर्न लागेको भन्दै सर्बसाधारण प्रर्दशनमा उत्रिएका हुन ।


प्रदर्शनकारीहरुले उक्त विधेयक फिर्ता गरेर सांस्कृतिक धरोहरको संरक्षण गर्न माग गरेका छन्। सरोकारवालाहरु सँग छलफलनै नगरि विधेयक ल्याइएको भन्दै विरोध हुँदै आएको छ ।