२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

गर्मीको सिजन छ बजारमा कटहर नपाईने कुरै भएन । हो, हामी धेरैको भान्सामा यतिबेला कटहर पाक्ने गरेको छ । कतिपयलाई यो मन नपर्न पनि सक्छ । त्यस्तै  कटहरमा के पाइन्छ ? त्यसकाबारेमा जानकारी नहुन पनि सक्छ । आउनुहोस्, कटहरमा के पाईन्छ त्यसकाबारे जानकारी लिऔं–
भिटामिन र खनिजले भरिपूर्ण कटहर हाम्रो शरिरका लागि महत्वपूर्ण छ । आयुर्वेदमा त यसलाई ‘इन्स्टेन्ट एनर्जी–बुस्टर’ नै मानिन्छ ।
भनिन्छ, कटहर मासुको उपयुक्त विकल्प पनि हो । यसले मासुका परिकारलाई विस्थापित गर्छ । यसको तरकारी मात्र होइन अचार, पकौडा र कोफ्ता पनि बनाइन्छ । पाकेको कटहर, आहा, यसलाई मन नपाराउने त सायदै होलान् ।

शाहाकारी विकल्प

पौष्टिकताले भरिपूर्ण कटहरलाई पश्चिमा देशहरुले पछिल्लो समय मासुको विकल्पमा प्रयोग गर्न थालेका छन । अब कटहर पिज्जा, बर्गर, पास्ता जस्ता ब्यञ्जनमा प्रयोग हुने चिकन, टर्की, बीफ तथा अन्य मासुको साटो प्रयोग हुन थालेको छ । यद्यपी कटहरका सबैभन्दा बढी परिकार दक्षिण भारतीय राज्यहरुमा बन्ने गरेका छन । फल्छ पनि सबैभन्दा धेरै कटहर ती राज्यहरुमा । भारतको केरला राज्यबाट सबैभन्दा धेरै कटहर विश्वमा निर्यात हुने गरेको छ ।


किन यो शाहाकारी ‘सुपरफुड’ ?

अमेरिकाको कृषि बिभागका अनुसार कटहर पोषण तत्वबाट भरिपूर्ण छ । यसमा भरपूर मात्रामा क्यालोरी हुन्छ । अर्थात १०० ग्राम कटहरमा लगभग ९५ ग्राम क्यालोरी हुन्छ । यसमा केवल क्यालोरी मात्र होइन १.५ ग्राम फाइबर र १.७२ ग्राम प्रोटिनको मात्रा पनि हुन्छ । त्यस्तै यसमा १३.८ मिलिग्राम भिटामिन सी साथै २४ मिलिग्राम क्याल्सियम र २९ मिलिग्राम म्याग्नेसियम पनि हुन्छ ।

कटहरका फाइदा

१. यसमा पाइने पोटासियमले मुटुको समस्याबाट सुरक्षित राख्छ । ब्लडप्रेसर हुनेलाई फाईदा पु्याउँछ ।
२. यसमा आइरन पाइने हुनाले एनीमिया जस्तो बिरामी हुनबाट बचाउँछ ।
३. काँचो कटहर पानीमा उमालेर खाँदा दम(अस्थमा) को समस्यालाई धेरै कम गराउँदछ ।
४. यसमा पाइने खनिजले हार्मोन्सलाई नियन्त्रण गर्छ ।
५. कटहरमा म्याग्नेसियम पर्याप्त पाइने हुनाले यसले हड्डीलाई मजबुद र स्वथ्य राख्छ ।
६. यसमा हुने भिटामिन सी ले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।
७. कटहरमा फाइबर्स हुने भएकाले यसले पाचन प्रक्रियालाई राम्रो राख्न मद्दत गर्छ ।