उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या
अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
गोली लागि घाइते भएका दर्जनौं महिला र बालबालिका दमासाक शहरनजिक शरणको खोजीमा आइपुगेका छन् ।
मङ्गलबार नाम्गामाबाट १८ जनाको शव बरामद भएको सरकार समर्थित स्थानीय नागरिक समूहका प्रमुख उसमान बालाले बताएका छन ।
स्थानीय बासिन्दाको सहयोगमा नै उद्धारकार्य जारी रहेको बताइएको छ ।
नाइजेरियाको उत्तरपूर्वी इलाकामा एक दशक यता बोको हराम आतङ्ककारी समूहले हिांसात्मक गतिबिधि गर्दै आएका छन् । यस द्वन्द्वमा परी हजारौं व्यक्तिको ज्यान गइसकेको छ ।