२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको तिब्र आलोचना गर्दै लोकतन्त्रमाथि प्रहार गरिरहे ओली सरकार ढालिदिने चेतावनी दिएका छन् । शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘राणाशासन र पञ्चायत ढाल्ने कांग्रेसलाई ओली सरकार ढाल्न कुनै गाह्रो छैन’
प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने सभापति देउवाको भनाई थियो ।
कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको उल्लेख गर्दै उनले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको बताए । वाइडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग पनि गरे ।