२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

धादिङ । बालुवा र लेदोले बिहानैदेखि अवरुद्ध पृथ्वीराजमार्ग ७ घन्टापछि सञ्चालनमा आएको छ । शनिबार बिहान परेको पानीले गल्छिको गर्दो खोलादेखि बैरेनी महेश दोभानसम्म करिब डेढ किलोमिटर राजमार्गमा लेदो र बालुवा पसेको थियो ।
गत शुक्रबार पनि लेदोका कारण ११ घण्टा राजमार्ग अवरुद्ध भएको थियो । स्थानीय बालुवा व्यापारीले डोजर प्रयोग गरि बालुवा झिके पछि राजमार्ग संचालनमा आएको थियो ।