२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनको मितिबारे छलफल शुरु गरेको छ । बिहिबारदेखि शुरु केन्द्रीय कार्य समितिको बैठकमा महाधिवेशनको मितिबारे छलफल शुरु भएको हो । सभापति शेरबहादुर देउवा आफ्नो कार्याकाल एक वर्ष बढाउने योजनामा रहेको आरोप संस्थापन इतर पक्षले लगाईरहेका बेला केन्द्रिय समिती बैठकमा यो विषयले प्रवेश पाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
सभापति देउवाको कार्यकाल आगामी फागुनमा सकिदैछ । बिभिन्न १४ वटा एजेण्डासहित सुरु केन्द्रिय समिति बैठकमा विहिबार दोस्रो नम्बरमा रहेको १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अगाडि बढाउने बिषयमा सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको केन्द्रिय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
बैठकको पहिलो दिन विहिबार बोल्ने सदस्यले पार्टी एक भएर जानु पर्ने धारणा राख्दै महाधिवेशनको मितिलाई लिएर भने फरक धारणा राखेका थिए । संस्थापन इतरपक्षका सदस्यले महाधिवेशनको मिति एक वर्ष पछि सार्न नहुने बताउँदा संस्थापन पक्षधरले भने सांगठन बिस्तार गरेर मात्र महाधिवेशनमा जान आवश्यक रहेको धारणा राखेका थिए ।
बिहिबारको बैठकमा उपसभापति बिमलेन्द्र निधी र विजयकुमार गच्छदार तथा नेताहरु महेश आचार्य, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु लगायतले बालेको कांग्रेस कार्यालयले जनाएको छ । बैठकको अन्त्यमा संक्षिप्त धारणा राख्दै सभापति देउवाले आफुले महाधिवेशनको मिति एक वर्ष पर सार्न नखोजेको स्पष्ट पार्दै सो बिषयलाई लिएर अनर्गल प्रचार भएको दावी गरेका थिए । यसअघि गत असार अन्तिम साता बसेको बैठकले पार्टीको नियमावली पारित गरेको थियो । कांग्रेस बैठक शुक्रकार दिउँसो एक बजे पुनः बस्नेछ ।