२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोमा परेर रसुवामा एक सुमो गाडी किचिएको छ । घटनामा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गंभीर रहको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालका अनुसार गोसाइकुण्ड गाउँपालिका(२ तातोपानी डाँडाबाट खसेको पहिरोमा परेर काठमाडौंदेखि जाँदै गरेको ना १ ज ७८२४ नम्बरको गाडी पुरिएको हो ।
घाइतेहरुको उद्धार गरेर स्थानीय टिमुरेस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
मृतकको सनाखत भएको छैन ।