२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक पुनः सरेको छ । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएपछि बैठक स्थगित भएको हो ।

आज आइतवार दिउँसो ३ बजेका लागि तोकिएको बैठक सोमवारका लागि सारिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजन जारी रहेका बेला स्कूल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद चलेपछि सचिवालय बैठक पटकपटक स्थगित भइरहेको छ । स्कूल विभाग प्रमुख ईश्वर पोखरेललाई स्वीकार नगर्ने पूर्वमाओवादी पक्षको अडानका कारण सहमति हुनसकेको छैन ।

यसबीचमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही चरण पूर्वएमालेका सचिवालय सदस्यहरुसँग छलफल गरेका थिए ।