२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

इलाम । गत मंगलबार नगरसभामा बजेट पेश गर्दागर्दै बेहोस भएर लडेकी सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
बजेट पेश गर्ने क्रममा उपप्रमुख भट्टराई नगरसभामै लडेपछि उपचारका लागि नगरपालिकाकै फिक्कल हस्पिटलमा उपचारका लागि पु¥याइएको थियो । लामो समय व्यस्त रहेर काम गरेर खानपानमा ध्यान नदिएका कारण उनको स्वास्थ्य अवस्था कमजोर हुँदा समस्या भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
भट्टराईको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आरामका लागि घर फर्किसकेकी नगर कार्यापालिका सदस्य ललितदेवी नेपालले जानकारी दिइन् । भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि आज(बुधबार) सम्म नगरसभासमेत स्थगित गरिएको थियो ।