एक निर्माण व्यवसायीको जनकपुरमा गोली हानी हत्या,गोली प्रहार गर्ने हतियार सहित पक्राउ
जनकपुर — जनकपुरमा एकजना निर्माण व्यावसायीको गोली हानी हत्या भएको छ। जनकपुरधाम उपमहानगपालिका-१ का अन्दाजी ४० वर्षीय मनोज साह माथि गोली प्रहार भएको हो ।
गोलि जनकपुरको मुजेलिया निबासी पंकज चौधरीले प्रहार गरेको खुलेको छ । उनलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिइसकेको जनकपुरका एसपी शेखर खनालले बताएका छन् । गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् । साहको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा साहमाथि लेनदेन विवादमा गोली प्रहार भएको देखिएको छ ।