चितवनको भरतपुर १६ मा उल्टियो परिणाम कांग्रेसका अमृत जंग हमाल बिजयी
चितवनको भरतपुर महानगरपालिका १६ मा नेपाली काँग्रेस विजयी भएको छ ।
काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् । उनले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् ।
अमृतराजले ३१८३ मत प्राप्त गरेभने भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए ।

