२०८१ बैशाख १२, बुधबार
  • ४ वर्ष अगाडि

डाडादरा संचार सहकारी संस्था लिमिटेड पञ्चपुरी ५ बाबियाचौर द्वारा संचालन गरिएको रेडियो डाडादरा एफएम को भवन निर्माणका लागि सहयोगी मन हरु सुरु भएका छन ।

शुक्रबार शिलान्यास गरिएको भवनको निर्माण कार्यका लागि चौकुने ९ घाटगाउ का अमर बिक ले नगद ११,१११र( रुपैया सहयोग गर्नुभएको हो । सुर्खेत को पश्चिम क्षेत्रमा रेडियो ले नागरिकहरुमा सुचनाको पहुच बढाएको र आगामि दिनमा थप प्रगतिका लागि सहयोग गरेको बताउनुभएको छ ।

किर्डाक नेपाल नामक गैरसरकारी संस्था मा कपिलवस्तु मा कार्यरत बि कले सामाजिक संजाल फेसबुक मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । छोटो समयमै रेडियोले गरेको प्रगति देख्दा खुसि भएको अनुभूति गराउदै बिक ले सबैलाई अभियान मा जोडिन समेत आग्रह गर्नुभएको छ ।

शिलान्यास गरिएको भवन निर्माण को काम यसै आर्थिक बर्षमा सकिने समितिले जनाएको छ । रेडियो संग प्रयाप्त आर्थिक नभए पनि समुदायको बिश्वास रेडियो ले जितेकै कारण अभियान सफल र सम्पन्न हुने रेडियो का स्टेसन मेनेजर अमर कार्कीले बताउनुभयो ।

रेडियो को टिम ब्यवस्थापन पनि राम्रो रहेको हुदा करिब १५ लाखको लगानीमा निर्माण र ब्यवस्थापन गरिने भवनको काम सफल हुने कार्यसमिति का अध्यक्ष रामबहादुर बिष्टले जानकारी दिनुभएको छ ।

कार्यसमिति निरन्तर योजना सम्पन्न गर्न अगाडि बढेको हुदा यसमा सरकारी निकाय को समेत सहयोग हुनेमा बिष्टले अपेक्षा गर्नुभएको छ ।